स्पेनविरुद्ध रोनाल्डोको अर्को गोल
काठमाडौँः क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई फेरि अग्रता दिलएका छन् । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गरेका रोनाल्डोले खेलको ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाएका हुन् ।
रोनाल्डोले डी बक्स नजिकैबाट हानेको शक्तिशाली प्रहार स्पेनका किपर डेभिड डेयाको हातमा लागेर टाङ्गमुनिबाट छिरेर जालीमा पुगेको थियो ।
यसअघि पोर्चुगलले तेस्रो मिनेटमै गोल गरेपछि दबाबमा परेको स्पेनका लागि डिएगो कोस्टाले गोल गरेका थिए । कोस्टाले काउन्टर एट्याकमा खेलको २४ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
यसअघि पोर्चुगलले स्पेनविरुद्ध खेलको सुरुमै सनसनीपूर्ण अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै डी बक्स भित्र नाचोले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डो आफैँले गोल गरेर स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेका थिए ।
नाचोले डी बक्सभित्र रोनाल्डोलाई खराब ट्याकल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । डी बक्समा लडाएपछि रोनाल्डोले स्पेनिस किपर डेभिड डेयालाई छक्याउँदै अर्को दिशामा बललाई जाली चुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस !