एककिलो अबैध यार्सागुम्बासहित तीन जना पक्राउ
काठमाडौं : अबैध यार्सागुम्बा ओसारपसार एबं बिक्रि-बितरणको आरोपमा तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको कमाण्डमा खटिएका प्रहरी टोलीले काठमाडौं २७ ज्याठाबाट तीनलार्इ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कालिकोट तिला गुफा न.पा.३ स्थायी घर भई हाल क्षेत्रपाटी बस्ने ३४ वर्षीय राज हमाल, कैलाली टिकापुर न.पा.१ स्थायी घर भई हाल काँडाघारी बस्ने ४० वर्षीय नरीलाल कोइराला र जुम्ला सिन्जा स्थायी घर भई हाल नयाबसपार्क बस्ने ३८ वर्षीय दान बहादुर रोकाय पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस !