‘भूकम्प प्रभावितको आँसु पुछ्ने प्रयास गरें’

‘भूकम्प प्रभावितको आँसु पुछ्ने प्रयास गरें’

 प्रमुख कार्यकारीअधिकृत भूसालको बिदाई

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारीअधिकृत युवराज भूसालले भूकम्प प्रभावितहरुको आँसु पुछ्ने प्रयास गरेको बताएका छन् । मन्त्रिपरिषद्को चार दिनअघि बसेको बैठकले पदमुक्त गर्ने निर्णय गरेपछि प्राधिकरणमा भएको विदाईका क्रममा उनले यस्तो बताएका हुन् ।

भूसालले भने, ‘प्राधिकरणका सबै तह र तप्काका कर्मचारी एवं सम्बन्धित निकाय, नेपालका सरकारका विभिन्न निकायहरु, विकास साझेदारहरु एवं सञ्चारमाध्यमको सहयोगमा पुनर्निर्माणको क्षेत्रमा योगदान गर्न पाएकोमा खुसी लागेको छ ।’

सञ्चारकर्मीसँग आफ्नो कार्यकालमा भएको कामको प्रगति सुनाउँदै उनले भूकम्प प्रभावितहरुको आँसु पुछ्न आफूले यथाशक्य प्रयास गरेको र उक्त कामबाट आफू सन्तुष्ट रहेको बताएका हुन् ।

अघिल्लो सरकारले पौने चार महिना र वर्तमान सरकारले पौने पाँच महिना काम गर्ने अवसर दिएकोमा पनि उनले धन्यवाद दिए । आगामी आर्थिक वर्षमा निजी आवास तर्फका कार्यहरु सम्पन्न गर्ने जग बसेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.