प्रहरीमाथि अर्को गम्भीर आरोप : निर्मलाको जस्तै सौरभ ‘हत्या’को पनि प्रमाण मेटेको दाबी

प्रहरीमाथि अर्को गम्भीर आरोप : निर्मलाको जस्तै सौरभ ‘हत्या’को पनि प्रमाण मेटेको दाबी

काठमाडौं : मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा  एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको हत्या गरिएको दाबी आफन्तले गरेका छन् । रिपोर्टर्स क्लब नेपामा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीलाई उन्मुक्ति दिने गरी र प्रमाण नष्ट गरेको भन्दै आन्दोलनको घोषणा समेत गरेको छ ।

मृतकका बुबा अर्जुन उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् । मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।

‘मेरो छोरो अरुभन्दा विरलै क्षमता भएको मानिस थियो, बालापनदेखि नै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिदैनन् भन्ने लाग्दथ्यो । हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन् ?’, आमाले प्रश्न गरिन्, ‘ दुईतिहाइको सरकारसँग न्याय दिने क्षमता छैन, पीडितहरुले आँसु झार्दै बस्नुपर्छ, हाम्रो आँसुले अपराधीलाई पोल्नेछ, एकदिन कानुनको भागिदार हुनेछ ।’ 

त्यस्तै पत्रकार सम्मेलनमा साउन १५ गते राति हत्या गरिएको आरोप लगाउँदै मृतक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घटनाका प्रमाण प्रहरीले नै नष्ट गरेको बताए । उनले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गरे । 

‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घट्नालाई गम्भिर भएर लिएको पाइँदैन’, उनले भने, ‘४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने ?’

सरकारले अपराधीलाई संरक्षण गरेको उनको आरोप छ । ‘किटानी लिनसमेत मानेको छैन, घट्नाको निश्पक्ष छानविन हुनुपर्छ भन्नेमा हामी छौं । प्रहरी प्रशासन कसरी पीडितलाई झन पीडा दिन सकिन्छ भनेर लागेको देखिन्छ’, उनले थपे, ‘सरकार सफल बनाउन जनताको साथ आवश्यक हुन्छ । तर, प्रहरी पशासन सरकारलाई असफल बनाउन खोज्दैछ ।’

उदयनारयण सापकोटाले उक्त घटना भएको स्थानमा भेटिएका छुरा र काँडे लठ्ठीसमेत प्रहरीले बरामद नगरेको भन्दै मृतक उप्रेतीको न्यायका लागि मोरङमा आन्दोलनको राँको बालिने चेतावनी दिए । 

मृतक उप्रेतीकी बहिनी सोनुले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् । ‘मेरो भाइको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होइन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ’, उनले भनिन्, ‘प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.