१३ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ
तेह्रथुम : तेह्रथुममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। पीडितको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका-४, रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नारायण गौतमले बताए।
प्रहरीका अनुसार मंगलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाको परिवारबाट उजुरी आएपछि लिम्बूलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !