केसीको जीवन रक्षा माग गर्दै चिकित्सकको ७२ घण्टे अल्टिमेटम
काठमाडौं : नेपाल चिकित्सक संघले प्रा.डा. गोविन्द केसीका मागको सम्बन्धमा सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाएको छ।
१६ औं अनसनको १६ औं दिन भइसक्दासमेत सरकारले उनको जीवन रक्षाका लागि कुनै चाँसो नदेखाएको भन्दै संघले आपत्ती जनाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले केसीका माग सम्बन्धमा संसद्मा गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ। चिकित्सक संघले केसीको जीवन रक्षाका लागि आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ।
संघले सरकारलाई ७२ घण्टाभित्र वार्ता समिति गठन गरेर केसीको जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकारलाई अल्टिमेटम दिएको छ। यसका लागि दबाब दिन सबै चिकित्सक र स्वाथ्यकर्मीलाई आग्रहसमेत गरेको छ।
संघले त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रष्ठिान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायतका मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले घोषणा गरेको आन्दोलनप्रति समर्थन जनाएको छ।
संघले केसीको जीवन रक्षाका लागि आइतबार अर्थात् माघ १३ गते दिउँसो १ बजे त्रिवि प्राङ्गणमा उपस्थित भएर विरोधमा सहभागी हुन अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !