कश्मीरमा ४० सुरक्षाकर्मी मारिएपछि पाकिस्तानसँग भारत क्रुद्ध

कश्मीरमा ४० सुरक्षाकर्मी मारिएपछि पाकिस्तानसँग भारत क्रुद्ध

नयाँ दिल्ली : जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ । 

४० जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो । यस हमलापछि भारत-पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ । 

शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को भएको छ । यो बैठकमा छिमेकी मुलुक पाकिस्‍तानविरुद्ध सबैभन्दा ठुलो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशन (एमएफएन) को दर्जा फिर्ता लिएको हो । 

के हो मोस्‍ट फेवर्ड नेशन

एमएफएन अर्थात् मोस्‍ट फेवर्ड नेशनको दर्जा पाएका देशले भारतसँगको व्यापारमा विविध सुविधा पाउँछन् । यो सुविधाले पाकिस्तानलाई अधिक आयात कोटा र कम व्यापारिक कर मिल्ने गरेको छ। अर्कातिर मोस्‍ट फेवर्ड नेशनको दर्जा पाउने देशलाई व्यापारका क्रममा कुनै पनि किसिमको असर नपार्ने प्रतिवद्धता पनि भारतले गरेको हुन्छ । 

पुलवालामा भएको आक्रमणअघि सम्म पाकिस्‍तानले कुनै पनि हालतमा आफूलाई भारतले दिएको यो सुविधा खोसिएर आर्थिक सवालमा कुनै असर नपर्ने विश्वास लिएको थियो । 

मोस्‍ट फेवर्ड नेशन दर्जाबाट पाकिस्‍तानका व्‍यापारीलाई विविध सुविधा र कर छुट पनि मिल्छ । भारतले यो दर्जाबाट पाकिस्तानलाई हटाएपछि अब व्यापारमा असर पर्नेछ । 

विश्‍व व्‍यापार संगठन (डब्‍ल्‍यूटीओ) को सदस्‍यका रुपमा हरेक देशलाई एक दोस्रोबीच मोस्‍ट फेवर्ड नेशनको दर्जा दिइनु पर्छ । तर यो अनिवार्य भने हुँदैन । भारतले पाकिस्तानलाई सन् १९९६ मा मोस्‍ट फेवर्ड नेशनको दर्जा दिएको थियो । तर पाकिस्तानले आश्वासन दिएर पनि भारतलाई अहिलेसम्म यो दर्जा दिएको छैन । यसअघि भारतले जम्‍मु-कश्‍मीरको उरीमा आक्रमण भएपछि पहिलो पटक पाकिस्तानलाई दिइएको एमएफएन दर्जाबारे पुनर्विचार गरेको थिइो । 

कति छ ब्यापार

डिसेम्बर २०१८ मा विश्व बैंकको एक रिपोर्ट आएको थियो । यस रिपोर्टमा भारत र पाकिस्तानबीच २ अर्ब डलर (१४ हजार करोड भारु) को व्यापार हुने देखाएको थियो । रिपोर्टमा यी दुई देशको व्यापार ३७ अर्ब डलर (२.६२ लाख करोड भारु) सम्‍म बढ्ने अनुमान गरिएको थियो । 

के निर्यात गर्छ भारत

अहिले भारतले पाकिस्तानतर्फ प्रमुख रूपमा चिनी, चिया, ओयल केक, पेट्रोलियम तेल, कटन, टायर, रबरसमेत १४ वस्‍तु निर्यात गर्छ । भारतले पाकिस्‍तानबाट अम्बा, आँप, कटहर, फ्रेबिक कटन, साइक्लिक हाइड्रोकार्बन, पोर्टल्यान्ड सिमेन्ट, कपर वेस्‍ट र स्‍क्र्याप जस्ता सामान आयता गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.