स्कुल जान थाले मुसहर बालबालिका

स्कुल जान थाले मुसहर बालबालिका

राजकरण महतो (गौशाला)महोत्तरी : 'आब हमरो बेटाबेटी पढ् स्कुल जैतै)अब मेरो छोराछोरी पनि पढ्न स्कुल जान्छन्,' अनिता देवी सादाले छिमेकी कमला देवी सादालाई सुनाइन्। 'बौवासब पइढलिखके भलादमी बन्तै (बाबुनानीहरु पढिलेखी भलादमी बन्छन्),'महोत्तरीको गौशाला मलहनियाँ पोखरकी सुनिताले खुशी हुदैं छिमेकीलाई बताउँदै थिइन्।

सुनिताको एक छोरी र तीन छोरा छन्। सुनिता र उनको श्रीमान् अशोकको नागरिकता छैन। छोरी विमला १० वर्षकी भइन्। छोरा कमलेश ८ वर्षका भए। अर्का छोरा विमलेश ६ वर्षमा टेक्दैछन्। साँढे तीन वर्षका काखे छोरा इमलेश आमाबुवाको नागरिकता नभएर उनीहरुले जन्मदर्ता पाउन सकेका छैनन्। जन्मदर्ता नहुँदा उनीहरुले स्कुल प्रवेशबाट वञ्चित थिए।

'वडा कार्यालयले छोराछोरीको जन्म प्रमाणित गरेर स्कुललाई नाम लेखिदिन सिफारिस गरिदियो,'अनिता भन्छिन्,'अनि स्कुलमा नाम लेखायौं।' गैरआवासीय नेपाली संघ र एभरेष्ट इन्टरनेशनल स्कुल जापानले उनका छोरोछोरीलाई स्कुल पोशाक, शैक्षिक समाग्री, झोला दिएर पढाइदिने भएका छन्। सहयोगी हात भेटिएपछि उनी दंग छिन्। 

सरकारका सबै सेवा सुविधाबाट बेखबर रहने मुसहर समुदाय शिक्षाप्रति आकर्षित भएका छन्। मुसहर समुदायको देशभरमा १३ लाख जनसंख्या छ। त्यसमध्ये ७ प्रतिशत मात्र साक्षर छन्। पुस्तौंनी रोग, भोक र शोकले थलिएका मुसहर समुदाय शिक्षामा चासो बढाउन थालेका छन्। मुसहर गरिबीले स्कुलको मुख देखेका छैनन्। सन्तानलाई शिक्षित बनाउने अभिलाषा भने बावुआमाको छ।

वस्ती नजिकैको जनता माध्यमिक विद्यालय रजखोरमा छोराछोरीको नाम लेखिएपछि उनी कम्ता खुशी थिएनन्। अनिताका छिमिकी उषा देवी सादाले ६ वर्षीय छोरा राजु र चार वर्षीय छोरा आशिकलाई पढाउन डोर्‍याएर स्कुल पुर्‍याए। स्कुल उमेरका दुई सन्तानलाई विद्यालय भर्ना गराइन्।

महोत्तरीको गौशाला र भंगहा नगरपालिका गरिव तथा विपन्न समुदायका साँढे पाँच सय बच्चालाई गैरआवासीय नेपाली संघ र एभरेष्ट इन्टरनेशनल स्कुल जापानले पढाउने भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलका स्वकिय सचिव शंकर महतोले जानकारी दिए।

गैरआवासीय नेपाली संघका प्रवक्ता भूषण घिमिरेले पहिलो चरणमा दुईसेट स्कुल पोशाक, शैक्षिक समाग्री, स्कुल झोला प्रदान गरे।महोत्तरीमा ११ हजार बालबालिका स्कुल बाहिर रहेको शिक्षा विकास समन्वय एकाई महोत्तरी जलेश्वरका प्रमुख शत्रुधन यादवले बताए। 'विद्यालय बाहिर रहेका बालबालिकालाई स्कुल ल्याउन विद्यालय भर्ना अभियान तीव्र पारेका छौं, 'उनले भने।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.