मानिसभन्दा अग्लो चरा

मानिसभन्दा अग्लो चरा

संसारकै सबैभन्दा ठूलो पन्छी के हो ? यो प्रश्नको उत्तर ‘अस्ट्रिच’ भनेर तिमीहरूले धेरै पटक भन्यौ र लेख्यौ होला। चित्र वा जाउलाखेल चिडियाखानामा पनि यो चरा कसैले देखेका छौ होला।

अफ्रिकामा उत्पत्ति भएको यही चरा रुपन्देहीको गंगोलियामा भने बथानका बथान देख्न सकिन्छ। यो चरा मासुका लागि पालिएको हो। नौलो पन्छी अस्ट्रिच पालन सुरु गर्ने व्यक्ति सीपी शर्मा हुन्। बागलुङमा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेपछि रसियाबाट एमबीए पास गरेका छन्। एमबीए सकेपछि बुटवलमै सात÷आठ वर्ष ट्र्याक्टर व्यवसायमा रहेका उनी एकाएक ‘अस्ट्रिच’ चरा पाल्ने सोचका साथ अध्ययनमा लागे।

सन् १९९२ तिर रसियामा अध्ययन गर्दा एक पटक उनी युक्रेन पुगेका थिए। युक्रेन पुग्दा त्यहाँको एक एकीकृत फार्ममा पहिलो पटक अस्ट्रिच देखेर उनलाई अचम्म लाग्यो। युक्रेनमा देखेको अस्ट्रिच चराको मासुको स्वाद फ्रान्सको पेरिसस्थित एक रेस्टुराँमा लिन पाए। त्यसपछि स्वदेश फर्किएर अस्ट्रिच पाल्न उनलाई रहर लाग्यो । २०६५ सालमा मात्रै उनले ३० करोड रुपैयाँ लगानी गरेर गंगोलियामा फर्म सुरु गरे। अस्ट्रिच पालनका लागि वल्र्ड अस्ट्रिच एसोसिएसनको सहयोगमा अस्टे«लियाबाट उनले अन्डा र चल्ला ल्याएका थिए । अहिले त आफैं उत्पादन गर्दै आएका छन्।

अस्ट्रिचले घाँस खान्छ। करिब १२ सय बिघा क्षेत्रफलमा घाँस खेती गरेर अस्ट्रिच पालिएको छ। अस्ट्रिच पालनबाट सयौंले रोजगारी पाएका छन्। अस्ट्रिच एक सय ५० किलोसम्म हुने गर्छ। शर्माका अनुसार एउटा अस्ट्रिच १२ देखि १५ महिनामा मासु खानलायक हुन्छ। एउटै अस्ट्रिचलाई झन्डै अढाई लाख रुपैयाँसम्म पर्छ। अहिले नेपालका ठूल्ठूला होटलमा अस्ट्रिचको परिकार पाइन्छ।

अस्ट्रिचको मासु मुटु रोगीलाई सबैभन्दा बढी राम्रो हुन्छ। रातो मासु खान नहुने रोगीलाई पनि अस्ट्रिचको मासु उपयुक्त मानिन्छ। अस्ट्रिचको मासुले दिमागलाई चुस्त बनाउने हुँदा बच्चाका लागि यो उत्तम छ।

अस्ट्रिच उड्न सक्ने चरा होइन। यो प्रतिघण्टा ७०/८० किलोमिटरको गतिमा दौडन सक्ने अध्ययनकर्ताले बताएका छन्। यो चराको उचाइ सामान्य मानिसको भन्दा पनि अग्लो हुन्छ। अस्ट्रिचको प्वाँख, अण्डाको खोल, बोसो, हड्डी सबै बिक्री हुन्छ। यसको छालाबाट जुत्ता, ज्याकेट बनाइन्छ। एउटा अस्ट्रिचबाट उत्पादन हुने छालाको मोल एक सयदेखि एक सय पचास डलरसम्म पर्छ।

अण्डाको खोलबाट सजावटका वस्तु बनाइन्छ। एउटै अन्डाको तौल करिब साढे एक केजीसम्म हुन्छ। एउटा पोथी ‘अस्ट्रिच’ले वर्षभरिमा कम्तीमा २० र बढीमा ४० वटा फुल पार्छ। फुल सेतो रङको ८÷९ इन्च लम्बाइको हुन्छ। यो चराको प्वाँखबाट आकर्षक उपहारका सामग्री बनाइन्छ। यसको बोसोबाट क्रिम बनाइन्छ।

वयस्क अस्ट्रिचले एक दिनमा पाँच किलोजति दाना र घाँस तथा करिब चार लिटर पानी खान्छ। यसको आयु ८० वर्ष रहेको बताइन्छ। सामान्यतया ४० वर्षसम्म व्यावसायिक रूपमा फाइदाका लागि पालिन्छ। अहिले गंगोलियाको अस्ट्रिच फर्म भ्रमण गर्नेको लस्कर लाग्ने गरेको छ। विद्यार्थीसँगै किसान र अध्ययन अनुसन्धानकर्तासमेत अस्ट्रिच फर्म पुग्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.