सांसदलाई ६ करोड
जेठ १५, २०७६ बुधबार १७:४३:०
काठमाडौं : आगामी आर्थिक वर्षको बजेटले सांसदलाई दिँदै आएको निर्वाचन क्षेत्र कार्यक्रमको बजेटमा २ करोडले वृद्धि गरेको छ। ४ करोड रूपैयाँबाट ६ करोड रूपैयाँ पुर्याएको छ। संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस कार्यक्रमको लागि ९ अर्ब ९० करोड रूपैयाँ विनियोजन गरेको बताएका छन्।