राजधानीका सडक : देख्दै तनाव, हिँड्नेको हालत के होला ? (फोटो र भिडियो)

राजधानीका सडक : देख्दै तनाव, हिँड्नेको हालत के होला ? (फोटो र भिडियो)

तस्बिर : प्रणभ खत्री

काठमाडौं : बुधबार त्रिविको एक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीका लागि हिलोमा रातो कार्पेट विछ्याइयो। तर, जनता हिड्ने बाटो कसले बनाउने ? चाबहिल-चुच्चेपाटी सडकखण्डले सबैभन्दा बढी त्यहाँका स्थानीयलाई सास्ती दिएको छ। यो त जनतालाई सास्ती दिने एउटा प्रतिनिधि सडकमात्र हो। राजधानीका अधिकांश पक्की सडकमा केही घण्टा पानी परेपछि पोखरी बन्छन्। त्यहाँको सास्ती भोग्ने र देख्नेलाई मात्र थाहा छ। 

‘फसेको बाइक नै निकाल्न सकिन। विकास निर्माणमा बजेट छुट्याएको छ तर बजेट कहाँ कार्यान्वयन हुन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘बजेट सिध्याउने र टालटुले काम गर्ने कि राम्रको काम गर्ने ?’ 

चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ। पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परेको छ। चुच्चेपार्टीमा आफ्नो बाइक फसेपछि कमलप्रसाद भण्डारीले सडकको दुःख सुनाए।

सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडकछेउका पसलमा पूरै हिलो र पानी मात्र हुन्छ। घाम लाग्दा धुलो र पानी पर्दा सडकमा जमेको पानी र हिलो यस सडकखण्डको विशेषता नै बनेको छ। दिनहुँ सोही सडक प्रयोग गर्ने सर्वसाधारणको समस्याको भने अझ कष्टकर भएको छ। सडकको हिलो पानी र पैदलसम्म हिड्न नसक्ने गरी जमेको पानीले हैरानीमा पर्ने गरेको उनीहरू बताउँछन्। 

२०७२ मा दुई वर्षभित्र चाबहिल-साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो। सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम पनि सकिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.