पाल्पाकाे रिडी आर्यघाटमा दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि...

पाल्पाकाे रिडी आर्यघाटमा दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि...

तानसेन : पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो।

रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि 'मलामी' समेत दंग भए। ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्‍याएका थिए।

अर्घ्यजल घाटमा राखी आफन्तले अन्य तयारी गरिरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली चलवलाएपछि गुल्मीको रिडी प्राथमिक उपचार केन्द्रमा पुर्‍याइएकाे छ। उपचार केन्द्रमा चेकजाँचको क्रममा नर्मदाको नाडी र मुटुको धड्कन चलेपछि थप उपचारको लागि परिवार तथा आफन्तले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याए।

अहिले उनको आईसीयू भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। साथै ज्ञवालीको अवस्थामा सुधार आएको, नाडी र मुटुले काम गरेको, अक्सिजन पुगेको, शरीरबाट व्याक्टेरिया झिक्ने काम भइरहेको आफन्त रामप्रसाद ज्ञवालीले बताए।

कसरी भयो घटना ?

असार २५ गते गाउँमा झाडापखाल प्रकोप फैलिएसँगै नर्मदा पनि बिरामी भएपछि उपचारको लागि मिशन अस्पताल तानसेनमा भर्ना भएकी थिइन्। अस्पतालमा उपचारको क्रममा झाडा पखालासँगै नर्मदालाई निमोनिया, तथा फोक्सोमा संक्रमण भएको पाइयो। उपचारको क्रममा शरीरभरी व्याक्टेरिया फैलियो र अवस्था हरेक दिन नाजुक हुँदैगयो। विरामीलाई मिर्गौलामा समस्या देखिएको भनियो।

विरामीको अवस्था गम्भीर रहेको भन्दै मिर्गौलाको उपचार यहाँ नहुने जानकारी अस्पतालले परिवारलाई दियो। विरामी ज्ञवालीका आफन्तले भने विरामीलाई निको नहुने, अक्सिजन दिँदासम्म मात्र बाँच्ने भनेपछि डिस्चार्ज मागेर मिशनकै एम्बुलेन्समा विरामी राखेर सिद्देश्वर पुर्‍याए।

श्रीमान सूर्य ज्ञवाली सहित आफन्तकै सल्लाहमा उनलाई नबाँच्ने भन्दै घाट लैजाने भनी एकचौटी रिडी घाटमा पुर्‍याइएकाे थियो। झाडापखालको विरामीको रुपमा भर्ना भएकी नर्मदाको उपचारका क्रममा अन्य रोग समेत भेटिएपछि अन्तिम अवस्थामा पुगेकाे उनका आफन्त बताउँछन्।

साउन ६ गतेसम्म आइपुग्दा उनको मिर्गौला डाइलासिस गर्नुपर्ने आपतकालिन अवस्था आएकोले परिवारलाई जानकारी गराएको अस्पतालका प्रशासन प्रमुख जीवन भट्टराई बताउँछन्। प्रशासन प्रमुख भट्टराईका अनुसार अस्पतालले डिस्चार्ज नदिए पनि आफन्तले जबर्जस्ती लगेका थिए। अहिले भने उनकाे उपचार खर्च गाउँपालिकाले गरिदिने बताएकाे छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.