विमानस्थलमा चिनियाँ राष्ट्रपतिको मुस्कान (फोटो फिचर)
काठमाडौं : दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङको भव्य स्वागत भएको छ। त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उनी सवार हुने मार्गमा सरकारी कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले स्वागत गरेका छन्।
अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर प्रतीक्षारत थिए। सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरे ।
सीलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरियो। तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उनको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो। तस्बिर : दिपेन श्रेष्ठ 







प्रतिक्रिया दिनुहोस !