नौबिसे सुरुङमार्ग : अस्थायी समाधानको खोजी
हाम्रा पूर्वज तथा अग्रहजहरूले जे गरे सो गरे, ठिकै गरे। त्यतिबेलाको साधन स्रोत, आर्थिक अवस्था र हाम्रा भूगोल तथा प्राकृतिक बनावटका कठिनाइ तोडफोड गरी आफूले चाहेको डिजाइन र धरातलमा मिलान गर्न सम्भव भएन होला। तर आजको एक्काईसौं शताब्दीमा आइपुग्दा र अर्बौंको बजेटमा निर्माण गर्न लागिएका निर्माणका पूर्वाधार पनि बन्दाबन्दैको अवधिमै सानो र साँघुरो र अपरिपक्व लाग्दालाग्दै पनि आँखा चिम्लेर त्यही आकारमा निर्माण गर्नुपर्ने बाध्यता छ।
हालै मात्र जापानको १६ अर्ब निम्न ब्याजको ऋण सहयोगमा नौबिसेस्थित सिस्नेखोलादेखि गुर्जधारानजिकै त्रिभुवन राजपथमा जोड्ने गरी जम्मा २.६९ किमि सुरुङमार्ग निर्माणका लागि जापानकै हाज्मा एन्डो जेभी कम्पनीलाई ४२ महिनाभित्र सम्पन्न हुने सम्झौता गरिएको सुन्नमा आएको छ। यो सुरुङ दुई मिनेटमा पार गरिए पनि पूरै मार्गलाई नौबिसे सुरुङमार्ग भनिएको छ।
जाम नहुँदा नौबिसेको सिस्ने खोलाबाट पीपलामोड, नागढुंगा थानकोट भएर सुरुङ मार्गको मर्जिङ प्वाइन्टमा आइपुग्न २३ मिनेट लाथ्यो भने अब सुरुङ मार्ग प्रवेश गरी आउँदा जम्मा आठ मिनेट मात्र लाग्नेछ। सुरुङ मार्ग २४ सै घण्टा बिजुली जलिरहने पंखा चलिरहनेछ। मासिक २ किलोवाट बिजुली खर्च हुने एक सवारी प्रवेश शुल्क कम्तीमा ३० रुपैयाँ लाग्नेछ। सुरुङमार्गको दायाँबायाँ छेकबार लाग्ने बाटो क्रसका लागि आकाशे पुल निर्माण गरिनेछ। त्रिपुरेश्वर नागढुंगाको राजमार्गजस्तो लथालिंग र भताभुंग हुने गरी खुला राखिने छैन भन्ने जानकारी हामीले पायौं। यो जानकारी स्थानीय जग्गाधनी जो अधिग्रहणमा परेका थिएलाई जापानको जाईकासँग मिलेर इस्टिमेट गरिरहेको ब्राइट फ्युचर कन्सल्टेन्सीले ब्रिफिङ गरेको थियो।
जग्गाधनीहरू समितिको दबाबमा उक्त सुरुङमार्गको जिम्मा लिएका सडक विभाग वैदेशिक महाशाखाका तत्कालीन प्रमुख सहसचिव सञ्जय श्रेष्ठले सुरुङमार्गमा प्रवेश गर्न मिल्ने सहायक सडक (एक्सेस वे) प्रत्येक ५० मिटरमा राखिदिने आश्वासन दिएका थिए। हामीलाई केही नहुनुभन्दा केही भएको राम्रै हो।
तथापि सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालन भएपछि पनि नौबिसे पीपलामोड नागढुंगा थानकोट भएर आउने सडक त खुला नै रहनेछ र सुरुङ प्रवेश नगरी कैयौं सवारी साधनहरू हल्का खुकुलो सडकको फाइदा उठाएर २३ मिनेटमा सुरुङमार्गको मर्जिङ प्वाइन्टमा आइपुग्ने र सुरुङमार्ग प्रवेश गरी त्रिभुवन राजपथमा आइपुग्ने सवारी साधनहरूको भेटघाटको संगमस्थल बन्ने छ।
गुर्जुधारामै आइपुग्ने भएपछि उक्त मर्जिङ प्वाइन्ट असंख्य सवारी साधनहरूको संगमस्थल गुर्जुधारा कलंकीभन्दा पनि उग्र र भयावह ट्राफिक जाम हुने खतरा छँदै छ, यता नैकापको सडक साँघुरो हुँदाहुँदै पनि भाडाका गाडीले स्ट्यान्ड गर्ने गरेको नैकापदेखि सतुंगलसम्मको चोक जहाँ मातातीर्थबाट आएका पानी ट्यांकरहरू र मच्छेगाउँबाट आएका भाडाका र सार्वजनिक सवारी साधनहरू त्रिभुवन राजपथमा प्रवेश गर्ने चोकमा जमघट भई जाम हुँदै आएको छ। त्यो जाम र गुर्जधाराको केही माथि मर्जिङ प्वाइन्ट सुरुङमार्गको जाम जोडिएपछि त्रिभुवन राजपथ सवारी साधनहरूको भीडले समुद्र बन्ने निश्चित नै छ।
यसर्थ बनाउँदाबनाउँदै सानो हुने र पछि बढाउन खोजेर पनि सरकारलाई बढी आर्थिक भार पर्ने निश्चित नै छ। यसर्थ हाल सुरुङ मार्गको मिलनविन्दु त्रिभुवन राजपथको वरपर रहेको गुर्जुधारा किसिपिडी चेकपोस्टसम्म बढाएर यी स्थानबाट एक किलोमिटरको घेराबन्दीको सर्कलमा अहिल्यै जग्गा अधिग्रहण गरी विशाल चौरस्त निर्माण गरी कुनै दहचोक मार्ग कोही सतुंगल कोही मातातीर्थ मच्छेगाउँ कोही चित्लाङतर्फ जाने विभिन्न सहायक राजमार्गमा प्रवेश गर्न चौरस्त, बसबिसौनी र विश्रामस्थल पार्क आकासे पुल इत्यादि निर्माण गर्न सके सयौं वर्षसम्मलाई हाम्रा पुस्ताले निर्माण गरेको पूर्वाधारले लोकप्रियता पाउने थियो।
हामीले पर्यटन प्रवर्द्धनको प्रचार गरिरहँदा राजधानी बाहिरिने र भित्रिने एउटा खुला र सहज राजमार्ग (हाई वे) निर्माण गर्न नसक्नु र १० हातको पहिरो राजमार्गमा जाँदा यात्रुहरूले ४÷५ घण्टा सास्तीपूर्वक बाटोमै पर्खनुपर्ने लोडगाडी राजमार्गमा खाल्डाखुल्डी छल्दा र फस्दा दुर्घटना व्यहोर्नुपर्नेछ। सवारी साधनहरू समयमा ओभर हल नहुँदा र पार्टपुर्जा फेरबदल नहुँदा यात्राकै क्रममा सडकको माझमा अलपत्र पारी राखिदिने मर्मत गरेर बसिदिने अरूको अवरोधप्रति जिम्मेवारी नुहुने आफ्नो स्वार्थ र फाइदाका लागि बाटो रोक्ने र बढाउन अवरोध पुर्याउने तर सफा, हराभरा, खुला सडक पार्क, बगैंचा र सार्वजनिक स्थल निर्माण र सेवा भावना राष्ट्रलाई सेवा टेवा दिएर पुगोस् भन्ने सद्भावपूर्ण सभ्यता आजसम्म पाइँदैन।
गलत दिशा र लेनमा अवरोध पुर्याउने गरी ओभरटेक गर्न मिल्दै नमिल्ने हुँदाहुँदै पनि राजधानी र राजमार्गमा भएका जाम घटाउन सम्बन्धित निकायले ध्यान पुर्याउने अनुशासन नभएका चालकहरूलाई कारबाही गर्ने कुरामा पनि सम्बन्धित क्षेत्रको कमजोरी नै देखिन्छ र हाल दसैं पर्वमा पृथ्वी राजमार्गमा ‘नो ओभरटेक जोन’ घोषणा गरी अस्थायी समाधानको खोजी गरेको पाइन्छ। यसर्थ त्रिभुवन राजपथमा जडान गरिएको नौबिसे सुरुङमार्ग निर्माणपश्चात् पनि जाम नघट्ने देख्दादेख्दै मर्जिङ प्वाइन्टको चौरस्ता खुला र फराकिलो नगर्नु भनेको नहुने मामाभन्दा कानो मामा निको भनेजस्तो मात्र हुनेछ।
प्रतिक्रिया दिनुहोस !