महराको थुनछेक बहस सुरु : के आउला आदेश?

महराको थुनछेक बहस सुरु : के आउला आदेश?

काठमाडौं : संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएका कृष्णबहादुर महराको आइतबार थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा १२ बजेबाट बहस सुरु भएको हो।

अहिले सरकारी वकिलले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत टीकासिंह खत्रीले जानकारी दिए । 'सरकारी वकिलले बहस गरिरहेका छन्,' उनले भने, 'त्यसपछि महराका कानुन व्यवसायी बहस गर्नेछन्।' 

थुनछेक बहसमा सरकारी वकिल र महराका कानुन व्यवसायीले आ-आफ्नो प्रतिरक्षा गर्नेछन् । त्यसपछि इजलाशले महरालाई पुर्पक्षलाई थुनामा पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने विषयमा अदालतले निर्णय गर्नेछ।

शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले शाहीको कोठामा आफू नगएको बयान दिएका छन् । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा बयान लिइएको थियो।

इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन् ।

महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन् । उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन् । प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत बताएका छन् । उनले त्यस दिन मदिरा सेवन नगरेको दावी पनि गरेका छन् ।

संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ छ । महराले ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको हुनसक्ने जिकिर समेत गरेका छन् ।

कसुर प्रमाणित भए ?

प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा महराले कैद सजाय भोग्नुपर्नेछ। जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। 

एउटा भिडियोमा महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने 'बलात्कार प्रयास गरेको' भनेकी छन्।

अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (inchoate offence) भनिन्छ। यो भनेको 'अपराध पूरा नभएको तर प्रयास गरेको' अवस्था हो।  दफा ३४ मा यस्तो अवस्थामा आधा सजाय हुने व्यवस्था छ। बलात्कार कसुरमा ७ देखि १० वर्ष सजाय भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजाय हुनसक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.