थुनछेक बहस सकिएन : महरा हिरासतमै

थुनछेक बहस सकिएन : महरा हिरासतमै

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा सोमबारसम्म हिरासतमै रहने भएका छन्  । 

संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ महराको मुद्दामा शुक्रबारदेखि चलिरहेको थुनछेक बहस आइतबार नसकिएपछि उनी हिरासतमै रहने भएका हुन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सरकारी वकिलको बहस सकिएको छ । उनका निजी कानुन व्यवसायीले सोमबार बहस गरेपछि मात्र अदालतले महराको मुद्दामा फैसला गर्नेछ । 

पुपक्षका लागि थुनामा पठाउने अथवा धरौटीमा तारिखमा राख्ने वा साधारणा तारेखमा राख्ने भन्ने विषय सोमबार टुंगो लाग्नेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.