भारतीय नक्सा संशोधनको पहल गर्न पत्रकार महासंघको माग

भारतीय नक्सा संशोधनको पहल गर्न पत्रकार महासंघको माग

गोरखा : नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठकमा लिपुलेक, लिपियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर हालै सार्वजनिक भारतीय नक्साबारे छलफल गरेको छ।  शनिबार गोरखामा सम्पन्न महासंघको सातौँ पूर्ण बैठकपछि २१ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघले भारतीय नक्सा संशोधनको पहल गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ।

देशका अन्य क्षेत्रमा रहेका सीमा विवादलाई राष्ट्रको स्वाधीनता र सार्वभौमिकता कायम हुने गरी समाधान गर्नसमेत माग गरेको छ। आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र स्वतन्त्र ढंगले सम्पन्न गर्न महासंघले अनुगमन गर्ने निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए। 

महासंघ केन्द्रीय समितिको आयोजना तथा सम्बन्धित शाखाको संयोजन र व्यवस्थापनमा कास्की, सुनसरी र पाँचथरमा सम्बन्धित उम्मेदवार र सरोकार पक्षको सहभागितामा निर्वाचन संवाद कार्यक्रम सञ्चालन गरिने पनि बैठकले निर्णय गरेको महासंघका अध्यक्ष आचार्यले जानकारी दिए।

यस्तै, अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझ्दा प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन, २०६३ का आधारमा पक्राउ गर्ने, थुनामा राख्ने, बयान लिने, मुद्दा चलाउने कार्य बन्द गर्न र उक्त ऐन पत्रकारको हकमा लागू नहुने व्यवस्था सुनिश्चित गर्न पनि पत्रकार महासंघले सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.