नयाँ दिल्ली रहेका मन्त्री यादवको सरुवा, अस्पताल भर्ना भएका राज्यमन्त्री आउट !

नयाँ दिल्ली रहेका मन्त्री यादवको सरुवा, अस्पताल भर्ना भएका राज्यमन्त्री आउट !

काठमाडौं : मन्त्रीपरिषद् पुनर्गठनमा सत्ता साझेदार दल समाजवादी पार्टीबाट सरकारमा सामेल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अस्पताल भर्ना भएकै बेला मन्त्रीमण्डलबाट आउट गरिएको छ । 

ढाडको समस्या भएपछि वीर अस्पतालमा उपचाररत रहेकै अवस्थामा डा. यादवलाई राज्यमन्त्रीबाट खोसिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन मन्त्रालयको जिम्मेवारीमा हेरफेर गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कार्यक्रममा भाग लिन मन्त्री यादव नयाँ दिल्ली गएको बेला जिम्मेवारी हेरफेर भएको छ । मन्त्री उनी शुक्रबार काठमाडौं फर्कने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नयाँ मन्त्रीको स्वागत र बाहिरिएका मन्त्रीको बिदाई कार्यक्रम बारे केहि जानकारी नभएको बताए । उनले भने,‘अहिलेसम्म केही पत्तो पाएको छैन ।’

 कानुन,न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।  स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावतलाई ल्याइएको छ । सुर्खेतका रावत नयाँ अनुहारका हुन् । नयाँ मन्त्रीपरिषद्का सदस्यलाई आज बिहान ११ सपथ ग्रहण गराइने कार्यक्रम तय भएको छ । समाजवादी पार्टीबाट मन्त्रीपरिषदमा सामेल अर्का मन्त्री मोहम्द इश्तियाक राई सहरी विकास मन्त्रालयमा यथावत छन् । सरकारबाट बाहिरिन समाजवादी पार्टीलाई दबाब परेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.