सागमा नेपाललाई ५१ स्वर्ण : जितपछिको ‘सेलिब्रेसन’ काइदा (फोटो फिचर)

सागमा नेपाललाई ५१ स्वर्ण : जितपछिको ‘सेलिब्रेसन’ काइदा (फोटो फिचर)

तस्बिर : सुनिता डंगोल र दिपेन श्रेष्ठ 
काठमाडौं : नेपालको आयोजनामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता समापन भएको छ । मंगलबार साँझ दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच १३औँ साग समापन भएको हो । नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न भएको हो ।

 साग अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गदै स्वर्ण पदक जितेको हो । नेपालले सागअन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा भारतमा भएको सागमा पनि नेपालले स्वर्ण पदक जितेको थियो। 

निर्णायक गोल गर्दा टिसर्ट फुकाएर सेलिब्रेसन गरेका नेपाली खेलाडीले स्वर्ण जितेपछि बल पेटमा राखेरसम्म सेलिब्रेसन गर्न भ्याए । 

नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गरे । भुटानका लागि भने चेन्चो ग्यालसेनले गोल गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले करिब ६ यार्ड बक्स नजिकबाट गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका थिए । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गर्न सफल भएका हुन्

त्यस्तै खेलको ३६ औँ मिनेटमा भुटानले बराबरी गोल फर्कायो । भुटानका ग्याल्सेनले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको मध्यान्तरअघि १–१ गोलको बराबरीमा पुगेको नेपालले मध्यान्तरपछि एक गोल थप्दै नेपाललाई स्वर्ण पदक दिलाएको हो । 

खेलको ५४ औँ मिनेटमा सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए । सागमा पहिलो पटक फाइनलमा पुगेको भुटानले रजत पदकमा चित्त बुझायो । 

सागमा भारतले १७४ वटा स्वर्ण पदक जित्यो । त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन् । एउटा मात्र स्वर्ण जित्ने सम्भावनासहित पुरुष फुटबलको फाइनलमा नेपालसँग भिडेको भुटान उपविजेतामा सीमित भयो ।

सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडी 

सागमा कराँते (एकल काता)
मण्डेकाजी श्रेष्ठ, कराँते (टिम काता, पुरुष)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर, कराँते (टिम काता) 
निर्मला तामाङ, सङ्गीता मगर, सरु कार्की, कराँते (५५ केजी)
 लक्ष्मण तामाङ, कराँते (८४ केजीमाथि)
विप्लवलाल श्रेष्ठ, कराँते (४५ केजी मुनि)
कुसुम खड्का र कराँते (५० केजीमुनि) अनु अधिकारी । 

त्यसैगरी कराँते (६७ केजी) नवीन रसाइली, कराँते (६८ केजी)- सुनिता महर्जन, कराँते (६८ केजी)
अनुपमा मगर, तेक्वान्दो पुम्से (२३-२९ वर्ष)
कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (१७-२३ वर्ष)
सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से (२३-२९ वर्ष)
पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२९ वर्षमाथि)
आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्षमाथि)
आयशा शाक्य र सञ्जिवकुमार पाण्डेले नेपाललाई स्वर्ण पदक दिलाउन सफल भए। 

पुम्से महिला टिम (१७-२३ वर्ष)- निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, पुम्से महिला टिम (२३-२९ वर्ष)
निता गुरुङ, प्रशंसा क्षेत्री र सशीला राई, तेक्वान्दो (४६ केजी मुनि)
काजल श्रेष्ठ, तेक्वान्दो (६८ केजीमुनि)
वीरबहादुर महरा, ट्रायथलनमा सोनी गुरुङ, डुवाथोलनमा हिमाल टमाटा, उसु (थाउलो) मा विजय सिन्जाली, उसु (थाउलो)तर्फ सुस्मिता तामाङ, उसु (थाउलो)तर्फ दीपक हमाल, एथलेटिक्स (१० हजार मिटर)मा सन्तोषी श्रेष्ठ, साइक्लिङ (डाउनहिल) मा राजेश मगर र साइक्लिङ (डाउनहिल) मा निश्मा श्रेष्ठले पनि नेपाललाई लागि स्वर्ण पदक पाए ।

त्यस्तै तेक्वान्दो (६२ केजीमुनि)- सङ्गीता बस्याल, तेक्वान्दो (८७ केजी)
 सक्षम कार्की, उसु (थाउलो नान्दौ)
नीमा घर्तीमगर, साइक्लिङ (क्रस कन्ट्री)
लक्ष्मी श्रेष्ठ, साइक्लिङ (क्रस कन्ट्री)
बुद्धिबहादुर तामाङ, पौडी (२०० मिटर फ्रिस्टाइल)
गौरिका सिंह, तेक्वान्दो (८७ केजी)
भुपेन श्रेष्ठ, भारोत्तोलन (५९ केजी)
सन्जु चौधरी र उसु (५६ केजी)- जुनी राईले स्वर्ण पदक हात पारे ।

त्यस्तै एथलेटिक्स (पाँच हजार मिटर दौड)- गोपीचन्द्र पार्की, गल्फ- सुवास तामाङ, गल्फ (टिम इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ, भारोत्तलन
विकास थापा, पौड (दुई सय मिटर ब्याकस्ट्रोक)- गौरिका सिंह, म्याराथन- किरणसिंह बोगटी, कुस्ती (५५ केजी)
सङ्गीता धामी र पौडी (चार सय मिटर फ्रिस्टाइल)- गौरिका सिंहले स्वर्ण पदक दिलाइन् । 

देविका खड्का, बक्सिङ (५४ केजी)
मिनु गुरुङ, बक्सिङ (६४ केजी)
भुपेन्द्र थापा, जुडो (७८ केजी)
पुनम श्रेष्ठ, पौडी (एक सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह, बक्सिङ (६० केजी)
सुनिल शाही र फुटबल पुरुषमा स्वर्ण पदक प्राप्त भएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.