साग विजेतालाई बालुवाटारमा बधाई : के होला प्रधानमन्‍त्रीको ‘सरप्राइज’ ?

साग विजेतालाई बालुवाटारमा बधाई : के होला प्रधानमन्‍त्रीको ‘सरप्राइज’ ?

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निम्तामा सबै खेलाडी बुधबार दिउँसो बालुवाटार पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले बधाई दिन सबै खेलाडीलाई आमन्त्रण गरेका हुन्। ‘राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरुको सम्मानमा उहाँले सम्बोधन गर्नुहुनेछ’, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने। 

नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो। मंगलबार साँझ दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच १३औँ साग समापन भयो। समापन समारोहमा भिडियो सन्देश पठाएका प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर विजेता खेलाडीलाई बधाई दिएका हुन्। नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न भएको हो। नेपालले कुल पदक भने २०६ वटा जितेको छ। 

सागमा भारतले १७४ वटा स्वर्ण पदक जित्यो। त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन्। एउटा मात्र स्वर्ण जित्ने सम्भावनासहित पुरुष फुटबलको फाइनलमा नेपालसँग भिडेको भुटान उपविजेतामा सीमित भयो। नेपालले फुटबलमासमेत स्वर्ण जितेर आफ्नै भूमिमा इतिहास रचेको छ। 

खेलाडीलाई बधाई सँगै प्रधानमन्त्री ओलीले विशेष ‘सरप्राइज’ प्याकेज घोषणा गर्ने अनुमान गरिएको छ। अहिले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गरिरहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.