दुबईमा पनि भेटियो कोरोना भाइरस, चीनमा १ सय ७० को मृत्यु

दुबईमा पनि भेटियो कोरोना भाइरस, चीनमा १ सय ७० को मृत्यु

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । अत्यधिक रुपमा फैलिँदै गरेको उक्त भाइरसबाट संक्रमित बिरामी दुबईमा पनि पहिलो पटक भेटिएका छन् । 

संयुक्त अरब इमिरेट्सले बुधबार नयाँ चिनीयाँ भाइरस संक्रमित बिरामी भेटिएको पुष्टी गरेको छ । युएईका स्वास्थ्य अधिकारीहरुका अनुसार वुहानबाट चीन पसेका एकै परिवारका चार व्यक्तिमा कोरोना भाइरस देखिएको हो । 

उनीहरुमा फ्ल्यूको लक्षण देखा परेको छ । चिकित्सकका अनुसार हाल उनीहरुको उपचार युएई अस्पतालमा भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार इमिरेट्सका अधिकारीहरुले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धी जारी गरेको आवश्यक सावधानी, वैज्ञानिक सिफारिस, सर्त र मापदण्ड अनुरुप सावधानी अपनाएका छन् । सामान्य स्वास्थ्य अवस्था चिन्ताको विषय होइन । 

युएईमा सरकारी र सरकारी सहयोगी सञ्चार माध्यमले बुधबार यस विषयमा ध्यानआर्कषण गराएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको अवस्था र परिस्थिति नियन्त्रणमा रहेको बताएका थिए । 

अरब स्वास्थ्यमा यस हप्ता दुबईको एक ट्रेड शोमा इमिरेट्स र कार्यक्रममा उपस्थित हुने मानिसहरुले भीडमा मास्क लगाएर हिँडिरहेका थिए । इमिरेट्सले बेइजिङ, गोङजाओ, साङ्गाई र हङकङको उडान जारी गरेको छ ।

‘हामी चीनको लागि हाम्रो सबै उडानमा सवार व्यक्तिहरुलाई ह्यान्ड स्यानिटाइजर र मास्क प्रदान गर्दैछौं,’ कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ । 

चीनको हुबेई प्रान्तबाट सुरु भएको उक्त्त भाइरस चीन बाहेक दर्जनभन्दा बढी देशमा फैलिएको छ । अहिलेसम्म ७ हजार ७ सय ११ चिनियाँ नागरिकमा संक्रमण फैलिएको स्वास्थ्य कर्मीको तथ्यांक छ । चीनको हुबेइमा १ हजार ३२ जना नयाँ बिरामी पुष्टि भएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.