मोदीलाई समर्थन गर्दै अस्पतालको शैय्याबाट ओलीको जवाफ
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोराना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा एकजुट हुन आह्वान गर्दै ट्वीट गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको समर्थन गरेका छन्। मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले मोदीको प्रस्तावलाई स्वागत गरेका हुन्। ओली यही फागुन १९ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत छन्। मिर्गौला प्रत्यारोपणपछि ओलीको यो पहिलो ट्वीट हो।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— KP Sharma Oli (@PM_Nepal) March 13, 2020
मोदीले कोरोना भाइरस संक्रमणविरुद्ध एकजुट हुन दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरुलाई शुक्रबार ट्वीट गर्दै आग्रह गरेका थिए। मोदीले भिडिओ कन्फ्रेन्सबाट छलफल गर्न सकिने बताएका छन्।
‘कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्क राष्ट्रका नेताहरुले एकजुट भएर कडा रणनीति बनाउन नरेन्द्र मोदीजीको प्रस्तावलाई म स्वागत गर्छु’ ओलीले ट्वीटमा भनेका छन् ‘घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्यराष्ट्रहरुसँग मिलेर काम गर्न मेरो सरकार तयार छ।’
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.
— Narendra Modi (@narendramodi) March 13, 2020
We could discuss, via video conferencing, ways to keep our citizens healthy.
Together, we can set an example to the world, and contribute to a healthier planet.
सार्क सदस्य राष्ट्रको समूहमा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलंका छन्।
मोदीले पाकिस्तानसमेत सदस्य रहेको सार्क संगठनको बेवास्ता गर्दै बिमेस्टकलाई अघि बढाउने रणनीति लिएका थिए। नेपालमा १८ औं शिखर सम्मेलन सम्पन्नपछि सार्क सम्मेलन हुन सकेको छैन्।१९ औं सार्क सम्मेलन पाकिस्तानमा प्रस्ताव गरिए पनि भारतले बेवास्ता गर्दै आएको थियो।
Our planet is battling the COVID-19 Novel Coronavirus. At various levels, governments and people are trying their best to combat it.
— Narendra Modi (@narendramodi) March 13, 2020
South Asia, which is home to a significant number of the global population should leave no stone unturned to ensure our people are healthy.
प्रतिक्रिया दिनुहोस !