कोभिड-१९ विरुद्ध सार्क भिडियो कन्फरेन्स
काठमाडौं : कोभिड-१९ (कोरोना) को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष एवम् प्रधानमन्त्रीबीच आइतबार साँझ भिडियो कन्फरेन्स भएको छ।
कन्फरेन्समा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका छन्। कन्फरेन्सलाई सम्बोधन गर्दै ओलीले कोरोनाविरुद्ध सार्क राष्ट्र एक भएर जुट्नुपर्नेमा जोड दिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने बताएपछि कन्फरेन्स भएको हो।
मोदीले सार्क एक हुनुपर्ने भन्दै गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका नेता कन्फरेन्समा सहभागी भएका हुन्।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कन्फरेन्समा सहभागी भएका हुन्।
कन्फरेन्समा सम्बोधन गर्ने नेताले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रतिक्रिया दिनुहोस !