कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समिति बैठक सिंहदरबारमा

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समिति बैठक सिंहदरबारमा

काठमाडौं : विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ। कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ। 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा बसिरहेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकममा समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडागायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ। 

चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीनजनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.