प्रधानमन्त्रीको सम्बोधन : चैत ९ देखि १८ सम्म सबै उडान स्थगित
काठमाडौं : सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन्।
सँगै ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका छन्। सँगै लामो दूरीका सवारी साधनमा चैतभर रोक लगाउने घोषणा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !