सरकारलाई सेनाको सुझाव : तत्काल ‘लकडाउन’ गरौं

सरकारलाई सेनाको सुझाव : तत्काल ‘लकडाउन’ गरौं

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ को संक्रमणको सम्भावित जोखिमलाई न्यून गर्न तत्काल ‘लकडाउन’ गर्न नेपाली सेनाले सरकारलाई सुझाव दिएको छ। स्रोतका अनुसार सरकारको अपील पछि पनि खुला सीमा र सार्वजनिक स्थलमा भीडभाड नरोकिएपछि सेनाले ‘लकडाउन’मा जान उपयुक्त हुने सुझाव दिएको हो।

सैनिक मुख्यालयले कुनै पनि बेला लकडाउन हुन सक्ने भएकाले त्यसको लागि तयारी हालतमा रहन सबै प्रदेशका पृतनालयहरुलाई निर्देशन दिएको छ। आपतकालिन अवस्थाबाहेक सम्पूर्ण रुपमा आवतजावत बन्द नगर्दासम्म जोखिम कायम रहने विश्लेषण गर्दै सेनाले आन्तरिक तयारी तथा कार्ययोजना तय गरेको छ। सरकारले औपचारिक निर्णय गरेर निर्देशन दिन साथ ‘लकडाउन’का लागि परिचालित हुनुपर्ने अवस्था आउनसक्ने अनौपचारिक सर्कुलरसहित तयार रहन जंगी अड्डाले पृतना मुख्यालयलहरुलाई आदेश दिइसकेको छ।

‘लकडाउन’ घोषणा भएपछि सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसमेत परिचालन हुनेछन्। 

कोरोना सम्भावित जोखिमको अवस्थालाई ध्यानमा राख्दै आन्तरिक रणनीति र कार्ययोजनासहित तयारी हालतमा रहन मातहातका निकायलाई निर्देशन दिइएको सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। प्रवक्ता पाण्डेका अनुसार सरकारले निर्देशन दिएलगत्तै सेना खटिने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.