कोरोनाबारे सूचना दिन सेनाले बनायो मोबाइल ‘एप’

कोरोनाबारे सूचना दिन सेनाले बनायो मोबाइल ‘एप’

काठमाडौं : नेपाली सेनाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन मोबाइल एप बनाएको छ। 
शनिबार विज्ञप्ति सार्वजनिक गर्दै सेनाले आम सर्वसाधारणबाट कोरोनाबारे सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले एप बनाएको विज्ञप्ति मार्फत् जानकारी गराएको हो। 

‘भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा ‘क्राउड सोर्सिङ’को अवधारणा अनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नामक मोबाइल एप तयार गरी प्रयोगमा ल्याएको छ’, सेनाको विज्ञप्तिमा भनिएको छ। 

यो एपमार्फत् सर्वसाधारणले परिवार, छिमेकी र साथीभाइमा कोरोना लक्षण देखिए विवरण पठाउन सक्नेछन्। सेनाले संकटमा आधिकारीक सूचनाका निम्ति यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। 

यो एप डाउनलोड गर्न सेनाको आधिकारीक वेभसाइट https://www.nepalarmy.mil.np/ बाट गर्न सकिन्छ। सेनाले एपको प्रयोगविधिलाई समेत वेभसाइटमा राखेको छ। जसका लागि यो लिंकमा क्लिक http://health.mil.np/ गर्नुपर्ने हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.