कोरोना संक्रमण रोक्‍न गृहका १० निर्णय

कोरोना संक्रमण रोक्‍न गृहका १० निर्णय

काठमाडौं : आइतबार गृहमन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नियन्त्रण प्रयासका विषयमा विभिन्न निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापा ꞌबादलꞌ अध्यक्षतामा आपूर्ति व्यवस्थापनलाई सहज बनाउने विषयमा  छलफल गर्न बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको हो। 

छलफलमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, महानगरपालिका तथा नगरपालिकाका प्रमुखज्यूलगायतको उपस्थिति थियो। बैठकले आपूर्ति व्यवस्थाको नेतृत्व स्थानीय तहले गर्ने, विक्री वितरण गर्दा न्युनतम एक मिटरको दूरी कायम गर्ने गरी स्थानीय तहले मापदण्ड बनाउनेलगायत विभिन्न १० निर्णय गरेको हो। 


निर्णय जस्ताको तस्तै : 

□ आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने ।

□ विक्री वितरण गर्दा न्यूनतम १ मिटरको दुरी कायम गर्ने (Social Distancing) गरी स्थानीय तहले मापदण्ड बनाउने ।

□ आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने ।

□ वडास्तरीय समितिले आफ्नो वडा भित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने ।

□ स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी Combo Package बनाई बिक्री वितरण गर्ने ।

□ हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको Package उपलब्ध गराउने । सहयोगको Package बनाउदा ४ जना सम्म सदस्य भएको परिवार र ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई पुग्ने गरी २ प्रकारको बनाउने ।

□ कुनै निकाय/संघ/संस्था/व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्‍नुपर्ने। स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।

□ सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने ।

□ वितरणमा दोहोरोपना हुन नदिने ।

□ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.