निःशुल्क  वितरण गरेर पनि सकिएन दूध

निःशुल्क  वितरण गरेर पनि सकिएन दूध

झापा : दूध बिक्न छाडेपछि कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् ।  गौरीगञ्ज गाउँपालिकाका किसानले दूध नबिकेपछि गाउँलेलाई बाढ्न सुरु गरेका हुन् । 

त्यस्तै बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरूले पनि गाउँलेलाई निःशुल्क  बाढ्न थालेको हुन् । डेरीले दूध नलिँदा गाउँलेलाई निःशुल्क वितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए।  

उनले दैनिक ७५ लिटर दूध उत्पादन गर्छन् । पाथीभरा कृषि फर्म दर्ता गरेर पशुपालन सुरु गरेका कृषक साहको मुख्य आयश्रोत नै दूध बिक्री हो । तीन वर्ष अघिदेखि तीन उन्नत जातका गाई पालन गरेर उनले सो व्यवसाय सुरु गरेका थिए। 

गौरादह नगरपालिका –८ थापा चोक निवासी नारायणप्रसाद गौतमले गौशाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पालेका छन्। दैनिक ५० लिटर दूध बिक्री गर्ने उनको पनि समस्या उस्तै छ । साह र गौतम जस्ता  किसानले उत्पादन गरेको  दूध नबिक्नु अहिलेको साझा समस्या हो । अधिकांश व्यवसायिक पशुपालक  किसानले दैनिक ५० लिटरभन्दा बढी दूध निःशुल्क गाउँलेलाई बाढ्दै आएका छन् । 

‘गाउँमा दूध बाढेर पनि सकिँदैन’, साहले भने, ‘दुई चार लिटर भए पो यताउता दिँदा सकिन्छ, ग्रामीण क्षेत्रका अधिकांशले पशुपालन गरेका छन् प्रायजसो घरैपिच्छे दूध हुन्छ उनीहरूले लाँदैनन् । जसले पशु पालेको छैनन्र उनीहरूले मात्र लाँदा हामीले उत्पादन गरेको दूध सकिँदैन ।’ 

गौरीगञ्ज–खजुरगाछी क्षेत्रका किसानले उत्पादन गरेको दूध  खजुरगाछीको आठमौजा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको चिश्यान केन्द्रले खरिद गर्दै आएको थियो । आठमौजा सहकारी संस्थाले संकलन गरेको दूध रितिका डेरी उद्योगले खरिद गर्ने गरे पनि अहिले रितिका डेरी उद्योगले दूध लिन छाडेको सहकारीका अध्यक्ष अर्जुन दंगालले बताउँन्। 

सहकारीले दैनिक एक हजार लिटर दूध संकलन गर्ने गरेकोमा एक सय ५० लिटर दूध स्थानीय ठाउँमा बिक्री हुने र बाँकी दूध रितिका डेरी उद्योगलाई बिक्री गर्ने गरेको आठमौजा सहकारीका दूध संकलन कर्ता जयप्रसाद ढकालले जानकारी दिए। 

एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीले काम गर्ने कर्मचारी नै आउन छाडेपछि किसानको दूध सङकलन गर्न नसकेको बताए । ‘कर्मचारीले बरु जागिर छाड्छौं भन्छन् तर काममा आउदैनौं भन्छन् । त्यसैले पनि किसानको दूध उठाउन नसकिएको हो’, उनले भने, 'अहिले उद्योगको उत्पादन २५ प्रतिशत पनि छैन ।'

झापाको मेचीनगरपालिकामा अवस्थित एनएमसी डेरी उद्योगले दैनिक १४ हजार लिटर दूध सङ्कलन गर्दै प्रशोधित दूध र दूधका परिकार झापासहित मोरङ र सुनसरीका विभिन्न बजारमा एकसाता अघिसम्म बिक्री बितरण गर्दै आएको थियो । 
 
कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै एक सातादेखि  लकडाउन गरेसँगै डेरी उद्योगले दूध सङ्कलन गर्न छाडेको छ । नेपाल वहुउद्देश्यीय सहकारी संस्थामार्फत सञ्चालन गरिएको डेरी उद्योगले आफ्ना २९ वटा चिस्यान केन्द्रमार्फत दैनिक चारसय किसानको घर-घरमा पुगेर दूध सङ्कलन गर्दै आए पनि अहिले उद्योगले दूध सङकलन गर्न छाडेपछि किसानले उत्पादन गरेको दूध बिकेको छैन । उद्योग नजिकै रहेका पशुपलक कृषले भने उत्पादित  दूध उद्योगमा पुर्‍याउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.