नेकपा विवाद : राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा
काठमाडौंः प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सचिवालय बैठक अघि राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।
दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दैछ भने २ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सचिवालय र मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा पुग्नुलाई महत्वका साथ हेरिएको छ । मंगलबार मात्र राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’सँग लामो छलफल गरेकी थिइन् ।
उनले पार्टीलाई सहमतिका साथ अगाडि बढाउन प्रचण्डलाई सुझावसमेत दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !