नेकपाका नेताहरुको जोड : ‘बैठकबाट निकास निकाल्नुपर्छ’

नेकपाका नेताहरुको जोड : ‘बैठकबाट निकास निकाल्नुपर्छ’

काठमाडौं : नेकपाभित्र आन्तरिक कलह सुरु भएसँगै नेताहरु पक्ष विपक्षमा उत्रन थालेका छन्। कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ। 

यता नेकपा स्थायी कमिटी सदस्य भीम रावलले फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गरेका छन् । उनले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन, 'बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।'  

नेकपा नेतृ एवम् सांसद रामकुमारी झाक्रीले पार्टी एकता जोगाउने हो भने पार्टीका सदस्यहरूले बैठकबाट भाग्ने नभइ बैठकबाट निकास निकाल्न दवाब दिनुपर्ने बताएकी छन् । उनले कार्यकर्ता होईन पार्टीका सदस्य बन्ने प्रयास गर्नुपर्ने धारणा राखेकी छन्। 

'बैठक, विधि छोडेर अध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तिमा कमरेड प्रचण्ड, कमरेड बामदेव र कमरेड माधवले नभुलुन।' उनले ट्वीट गर्दै लेखेकी छन्, 'आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस्। समस्याको पहिचान गरिएको छ, संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र वैध विकल्प हो।'

नेकपाको यो सकसले निकास पाउनुपर्ने उनको तर्क छ। झाक्रीले व्यक्तिका लेनदेनले मिल्ने होईन मिल्ने बिन्दु पार्टीको विधि र पद्धति भएकाले प्रक्रियामा गएर मिल्नुपर्ने धारणा राखेकी छन्। उनले लेखेकी छन्, 'यो दल सामाजिक संस्था र सामाजिक पूँजी दुबै हो। त्यसैले जनताप्रति जवाफदेही देखिनु पर्ला: "मिल्ने" व्यक्तिका लेनदेनले मिल्ने होईन मिल्ने बिन्दु पार्टीको विधि र पद्धति हो। त्यही विधि प्रक्रियामा गएर मिल्नुपर्छ।'

नेकपा केन्द्रीय सदस्य माधव ढुंगेलले एकताको महाधिवेशन अगाडि पार्टीका निर्णयहरु बहुमत अल्पमतका आधारमा नभई सहमतिमा हुने भनिएको स्मरण गराएका छन् । उनले विचारका आधारमा नभई स्वर्थ केन्द्रित दाउपेचको राजनीतिको हिसाब किताब गर्ने हो भने त्यस्तो प्राविधिक बहुमत कतिबेला कस्को पक्षमा हुन्छ भन्न नसकिने तर्क गरेका छन् ।

उनले लेखेका छन्, 'पार्टीलाई एकताको महाधिवेशनतर्फ डोर्याउनुपर्छ । अल्पमत र बहुमतको खेलमा लागेर महाधिवेशन अलमल्याउने र पार्टीको संगठनात्मक शक्ति कमजोर बनाउने काम गर्नु हुदैन।' उनले आरोपपत्र फिर्ता लिनुपर्ने र भदौ २६ को निर्णयमा टेकेर बैठक आयोजना गर्नुपर्ने धारणा राखेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.