म्यानमारमा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्दै नेपाल
काठमाडौं : नेपालले म्यानमारमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति निकाली म्यानमारमा त्यहाँको सेनाले सत्ता नियन्त्रणमा लिएको घटनाक्रमबारे धारणा सार्वजनिक गरेको हो।
‘पक्राउ परेका राष्ट्रपति मिन्ट र स्टेट काउन्सिलर सुकीलाई तत्काल रिहाइ गर’, विज्ञप्तिमा भनिएको छ। नेपालले त्यहाँका राष्ट्रपति र स्टेट काउन्सिलरको सुरक्षा अवस्थाबारे चासो राखेको छ। म्यानमारका राजनीतिक दल र जनताको अपेक्षाअनुसार नै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया पुनःस्थापित हुने विश्वास नेपाल सरकारले लिएको विज्ञप्तिमा उल्लेख छ।
म्यानमारमा सेनाले सोमबार बिहान सत्ता कब्जा गरेपछि राष्ट्रपति यु विन मिन्ट र प्रजातन्त्रवादी नेत्री आङ सान सुुकीलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !