संसद विघटन मेरो वाध्यता हो : ओली

संसद विघटन मेरो वाध्यता हो : ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग गरेको कबुल पूरा गर्न नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गर्नुपरेको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायत नेताहरुलाई लक्षित गर्दै ओलीले उनीहरुले काममा व्यवधान गरेका कारण निर्वाचनमा जानु परेको बताए । तर उक्त कदम आफ्नो बाध्यता भएको पनि बताए ।

सोमबार सिंहदरबारस्थित पुनर्निर्माण भएको प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्दै यस्तो बताएका हुन् । भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालको हालसम्मको उपलब्धिबारे ब्रिफिङ समेत गरेका थिए ।

समानान्तर सत्ता सञ्चालन गर्नखोज्नेहरुलाई परास्त गर्न पनि आफूले विघटनको कदम चालेको उनको जिकिर थियो । उनले भनेका थिए, “जनताले दिएको विश्वास कार्यान्वयन गर्न दिइएन, जिम्मेवारी पूरा गर्न दिइएन, त्यसकारण जुन कुरा मैले जनताबीच कबुल गरेको थिएँ, त्यसका लागि जनताको बीचमा जान चाहेको हो।”

यस्तै उनले आफ्नो कार्यकालको सुरुदेखि नै पार्टीभित्रैबाट काम गर्न वाधा उत्पन्न भएको बताएका थिए । जसले गर्दा गठबन्धन सरकारको जस्तो नियती भोग्नुपरेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.