सरकारको तीन वर्ष : प्रधानमन्त्रीका नजरमा यस्ता छन् ७४ उपलब्धि (पूर्णपाठसहित)

सरकारको तीन वर्ष : प्रधानमन्त्रीका नजरमा यस्ता छन् ७४ उपलब्धि (पूर्णपाठसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नुपरेको बताएका छन्। तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै उनले पछिल्लो एक वर्षदेखि झण्डै दुईतिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नुपरेको बताएका हुन्। 

‘शुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्याराहरु त थिए नै। विभिन्न ढंगले काममा व्यवधान खडा गरिएकै थियो। खासगरी पछिल्लो एक वर्षदेखि झण्डै दुईतिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नुपर्यो।’ उनले भने, ‘एकातिर जनताको उच्च आकाङ्क्षा सम्बोधन गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिए मैं सरकारले काम गर्न नपाउने अवस्था सिर्जना भयो।’

ओलीले ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीविहीन भएको र नियुक्ति, प्रक्रियामै जान नपाएको धारणा राखे। उनले सरकारी निकायका कतिपय कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने वा नियुक्ति नै हुन नदिनेगरी समानान्तर सत्ता सञ्चालनको अभ्यास भएको टिप्पणी गरे। 

‘सकेसम्म अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका साथीहरु उत्रनु भयो। यद्यपि, नेकपाको शीर्ष तहमा रहेका केही नेताहरुको अतृप्त आकाङ्क्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भन्नेमा म हरदम सतर्क रहेकै हूँ। विगत वर्षदिन देखि 'समयभन्दा अगावै' निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर अनेकौँ लाञ्छना सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको पनि हुँ।’ उनले भने, ‘गठबन्धन सरकारको अर्को कुनै समूहले झै, आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री बिरुद्ध अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने बाटोमा हिँड्न तम्सिरहेका नेताहरुलाई सम्झाउने र स्थितिलाई परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिउसो २ बजेसम्म नै जारी राखें।’

उनले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’भन्नु आपत्तिजनक भएको बताए। ओलीले आगामी वैशाख १७ गते ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचनको घोषणा भएअनुरुप निर्वाचन आयोगले आफ्नो तयारी तीव्रताका साथ गरिरहेको स्पष्ट पारे।  उनले सरकार सञ्चालनका लागि, जनतालाई फेरि एकपटक आफूले रुचाएको दलको छनोट गर्ने मौका मिलेको धारणा राखे।

मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने प्रतिबद्धता जनाउँदै ओलीले निर्वाचनमा सक्रियताका साथ सहभागी भई मन पराएको दलका जनप्रतिनिधिलाई चुन्न अनुरोध गरे।

प्रधानमन्त्री  केपीशर्मा ओलीले ‘वर्तमान सरकारका तीन वर्षः प्रमुख उपलब्धिहरु’ विषय समेटी प्रेस ब्रिफिङमा दिएको मन्तव्यको पूर्णपाठ :


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.