बूढानीलकण्ठ वार्तापछि महन्थ ठाकुरले आफ्ना सांसदलाई पुर्‍याए रिसोर्टमा

बूढानीलकण्ठ वार्तापछि महन्थ ठाकुरले आफ्ना सांसदलाई पुर्‍याए रिसोर्टमा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुरसँग बूढानीलकण्ठमा भएको छलफलपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई एक रिसोर्टमा पुर्‍याएका छन्। 

विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई साथ दिन नसक्ने बताएका ठाकुरले बूढानीलकण्ठ वार्तापछि सांसदलाई एकठाउँ राख्ने व्यवस्था मिलाएका हुन्। ठाकुरले आफूलाई प्रधानमन्त्री बनाए सहकार्य गर्न सक्ने भनाइ देउवासँग राखेका थिए। देउवाले त्यो विषयमा समेत छलफल हुने बताएपछि ठाकुरले सांसदलाई रिसोर्टमा राख्नुलाई महत्वका साथ हेरिएको छ। 

बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा लगेका हुन्। रिसोर्टको नाम भने खुलाइएको छैन। रिसोर्टमा पुगेका एक सांसदले भने, ‘हामी भक्तपुरमा एकसाथ बसेका छौँ।’ ती सांसदले आफूहरु बसेको ठाउँ भने बताउन चाहेनन्। ठाकुर पक्षीय १३ सांसदलाई रिसोर्टमा राखिएको हो। 

ठाकुरले पार्टी वरिष्ठ नेता राजेन्द्र महतोलाईसमेत रिसोर्टमै राखेका छन्। महतो सांसदका लागि सम्पूर्ण व्यवस्थापन गरेर फर्किने तयारीमा छन्। ठाकुरले आफ्नो पक्षका १७ मध्ये १३ सांसदलाई मात्र रिसोर्टमा राख्न सकेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.