प्रधानन्यायाधीश जबराले भनेः कोटाबाट मन्त्री बनाउने कुरा सत्य होइन
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो कोटाबाट मन्त्री बनाउन लागेको भन्ने कुरा सत्य नभएको स्पष्ट पारेका छन्। सर्वोच्च बार एसोसिएनका अधिकारीसँगको सोमबारको भेटमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् ।
जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको जिकिर गरे। सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहितका अधिकारी र प्रधानन्यायाधीश जबराबीच सोमबार छलफल भएको थियो ।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले भने,‘ प्रधानन्यायाधीशज्यूले मन्त्री बनाउन मेरो कुनै हात हुँदैन भन्नुभयो । उहाँले स्टेटमेन्ट निकाल्ने भन्नु भएको छ।’ प्रधानन्यायाधीश जबराले मन्त्री कसलाई बनाउने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको भन्दै प्रधानन्यायाधीशको कुनै भूमिका नरहने बताए।
प्रतिक्रिया दिनुहोस !