सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोकिने

सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोकिने

काठमाडौं:  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नेपाल बार एसोसियसनको टोलीबीच भेटघाट भएको छ। भेटका क्रममा प्रधानन्यायाधीश जबराले सोमबार फूलकोर्ट बोलाउने र मंगलबार गोलाप्रथाबाट पेशी तोक्ने जानकारी दिएका छन्।

प्रधान्यायाधीशले भोलि फूलकोर्ट र पर्सी गोलाप्रथाबाट पेशी तोक्‍ने जानकारी दिएको अधिवक्ता कृतिनाथ शर्मा पौडेलले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,' प्रधानन्यायाधीशसँग भेट भयो। उहाँले सोमबार फूलकोर्ट र मंगलबार गोलाप्रथाबाट पेशी तोक्ने प्रतिवद्धता जनाउनु भएको छ। फूलकोर्टमा बारको टोली पनि बोलाइएको छ।'

प्रधानन्यायाधीश जबरा भेट्न बारको टोली आइतबार सर्वोच्च पुगेको थियो। पछिल्ला दिनमा प्रधानन्यायाधीशको भूमिका निष्पक्ष नभएको भन्दै चौतर्फी विरोध हुन थालेको छ। नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटिम दिने तयारी भएको बताएका छन् । यस्तै बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गरेको छ ।

बारका अध्यक्ष अध्यक्ष चण्डेश्वर श्रेष्ठले शनिबार एक कार्यक्रममा बोल्दै आफूहरुले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको बताएका थिए । श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.