प्रधानन्यायाधीशले भनेः गजेन्द्र हमाललाई मैले मन्त्री बनाउनू भनेकै होइन
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कांग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको बताएका छन् । नेपाल बार एशोसियसनका प्रतिनिधिसँगको छलफलमा प्रधानन्यायाधीश जबराले हमाललाई मन्त्रीका लागि आफूले सिफारिस नगरेको बताएका हुन् ।
प्रधानन्यायाधीश जबराले हमाल नातेदार पर्ने र उनलाई मन्त्री नबनाउन कांग्रेस नेतृत्वलाई पटकपटक भनेको बारका अधिकारीसँग गुनासो गरेका थिए। प्रधानन्यायाधीश जबरालाई उदृत गर्दै बैठकमा सहभागी बारका महासचिव लीलामणी पौडेलले भने,' मैले गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेको थिएँ। उनी मेरा नातेदार हुन् । मैले मन्त्रीका लागि सिफारिस गरेकै होइन। नगर्नु भन्दाभन्दै प्रधानमन्त्रीज्यूले मन्त्री बनाइदिनुभयो।'
प्रतिक्रिया दिनुहोस !