सरकार सञ्चालन गर्न गठबन्धनले बनायो संयन्त्र

सरकार सञ्चालन गर्न गठबन्धनले बनायो संयन्त्र

काठमाडौं : सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा समन्वय गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ। सोमबार बेलुकी बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो। संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ राजनितिक दलका  २–२ जना सदस्यका रुपमा रहनेछन्। 

बैठकले मन्त्रिपरिषद्‍बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहने निर्णय गरेको छ। संयन्त्रको नेतृत्व आलोपालो हुनेछ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा राष्ट्रिय सभाको चुनावमा मिलेर जाने सहमति भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.