यसरी भएको थियो छिन्ताङ काण्ड

यसरी भएको थियो छिन्ताङ काण्ड

यो हत्याकाण्ड २०३६ मा एकाएक भएको थिएन। यसको पृष्ठभूमि लामो छ। धनकुटा बहुमुखी क्याम्पसमा उपप्राध्यापक इच्छापूर्ण राईका अनुसार छिन्ताङमा गरिबी किसान मजदुर थिए। उनीहरूसँग खाने गाँस पनि थिएन। तर, जमिन्दार सामन्तका घरमा ठूलाठूला भकारीमा अन्न थुपारिएका हुन्थे। उनीहरूको घरमा नै मजदुरी गर्नु पथ्र्यो तर खानलाई अन्न हुँदैनथ्यो। शोषण र अन्यायका विरुद्ध त्यहाँका किसान, मजदुर, आमजनताले आवाज उठाउन थाले। छिन्ताङमा शिक्षकका रूपमा भित्रिएका कम्युनिस्ट नेता बम देवान र गोविन्द विकलको अगुवाइमा विद्रोह हुन थाल्यो। विष्णुमाया मझेनीले स्थापना गरेको पुस्तकालयमा प्रगतिशील पुस्तकहरू राखेर लालीगुराँस नामाकरण गरियो। भक्त बोलना राईको अध्यक्षतामा माक्र्सवादी अध्ययन चिन्तन र राजनीतिक चेतनाको अभिवृद्धि गर्ने अभियानलाई अगाडि बढाइयो।

पुस्तकालयकै माध्यमबाट मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मोहनचन्द्र अधिकारीलगायतका नेताले उक्त क्षेत्रमा गएर प्रशिक्षण दिन जान थाले। यसरी छिन्ताङमा अभाव, चर्काे कर, शोषण आदिको रूपमा उठेको जनविद्रोह विस्तारै कम्युनिस्ट सिद्धान्त र संगठनले विस्तार हुन थाल्यो। वास्तवमा छिन्ताङ हत्याकाण्ड यसरी भएको थियो। यसअघि २०२८ सालमा ‘मझिया परिवार शोषक परिवार’ भन्ने पम्पलेट प्रचारबाट सुरुआत भएको थियो। मझियाहरूको ढिकुटीबाट टिप्पणी उठाएर जनतालाई अन्न बाँडियो। यो काण्डमा विभिन्न व्यक्तिउपर मुद्दा चलाइयो। बम देवानलाई केही हप्ता हिरासतमा राखियो। भक्त बोलना, गणेश नाइका, गंगाबहादुर आदि फरार भए। यसरी नै छिमेकी गाउँ आँखीसल्लाको माङफिङमा पञ्चलाल राईको नेतृत्वमा २०२८ सालतिरै एक जाली फटाहालाई कालोमोसो दली गाउँ घुमाइयो।

यसरी २०३१ सालको अनिकालमा रामलाल मझियाको ढिकुटी फोरेर जनतालाई धान कोदो बाँडिएको थियो। यस मुद्दाअन्तर्गत भक्त बोलना, गंगाबहादुर राईलगायतलाई केही हप्ता हिरासतमा राखिएको थियो। यी र यस्ता गतिविधिहरू छिन्ताङ र यसका वरिपरि छिमेकी गाउँहरूमा बढिरहेको थियो। यस्तो बदलिँदो परिस्थितिबाट तर्सिएर तत्कालीन स्थानीय पञ्चहरूले प्रशासनमा हारगुहार मागिरहेका थिए। तर, उनीहरूको हारगुहार सुन्नलाई केही वर्ष कुर्नै पर्‍र्यो। उनीहरूको हारगुहार तत्कालीन शासकहरूले २०३६ सालमा मात्र सुने, त्यतिबेला जनमत संग्रहको घोषणा भइसकेको थियो। २०३६ सालको सुरु महिनातिर सुरक्षा प्रमुख र पञ्चहरूको भेला गोप्य रूपमा सुनसरीमा भयो।

भेलाको योजना मुताविक छिन्ताङलाई घेर्ने र आम कत्लेआम गर्ने तानाबानासहितको एउटा गोप्य योजना बन्यो। सोही योजना मुताविक २०३६ सालको कात्तिकको अन्तिम हप्ता छिन्ताङ छिर्ने काम भयो। तत्कालीन प्रशासनको योजनामा छिन्ताङलाई चारैतिर घेर्ने योजनासहित चारैवटा प्रहरी टोलीलाई खटाइयो। उपप्राध्यापक राईका अनुसार इनरुवा प्रहरी टोली चतरा, त्रिवेणी, गुठीखेत, ललानी हुँदै छिन्ताङ भित्रियो। त्यसरी नै तेह्रथुम र सुनसरी प्रहरी टोली बेग्लाबेग्लै समयमा थलथले, खोकु हुँदै छिन्ताङको मूलगाउँ भित्रियो। त्यसरी नै धनकुटाको प्रहरी टोली मूलघाट, साप्टेनटार हुँदै छिन्ताङ भित्रियो। यसरी सबै क्षेत्रबाट छिन्ताङलाई नाका लगाएर स्थानीय पञ्चको सिफारिसमा त्यहाँका सोझा, सीधा, निमुखा जनतालाई गोलीले उडाइयो।

घनकुटाका पूर्वसांसद गोपाल गुरागाईंका अनुसार एउटै गाउँमा १६ जनालाई एउटै चिहान बनाइयो। ६३ वर्षे लाखमान साधुदेखि हाङ्खीमा साइँलीजस्ता दुई दिनकी सुत्केरी महिला र अर्की एक महिलालाई बलात्कार गरी मारियो। २०३६ कात्तिकको अन्तिम साता खोकु, छिन्ताङ र आँखीसल्ला (खाल्सा क्षेत्र) मा एक प्रकारले रगतको खोलै बग्यो। 

दिनहुँजसो सर्वसाधारणको दमन हुन थालेपछि स्थानीयवासीले ओढार र भीरपहरामा रूख–बुट्ट्यानको सहारा लिएर ज्यान जोगाउन खोजे। तीमध्ये १६ सर्वसाधारणले ज्यान आहुति दिए। त्यसरी भएको थियो, छिन्ताङ हत्याकाण्ड। ३१ जनालाई डाँका मुद्दामा ८ वर्षसम्म जेलमा राखियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.