ओलीले भने- सेन्टिमेन्टल कुरा होइन, ठूलो पार्टी एमाले नै हो
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको प्रमुख राजनीतिक पार्टीमात्र नभएर देशलाई परिवर्तन दिलाउने पार्टी भएको बताएका छन्। चितवनमा आयोजित दसौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले एमाले ऐतिहासिक अभिभारा बोकेको पार्टी भएको बताए।
उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए। उनले सम्बोधनको क्रममा भने, 'नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन। वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले।'
उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने- 'तपाईँहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन्। अत्यन्तै जिम्मेवार छन्।'
प्रतिक्रिया दिनुहोस !