राष्ट्रपतिद्वारा छ वटा अध्यादेश जारी
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गरेका छन्।
नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेशऔ२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश-२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ र रेल्वे अध्यादेश-२०७८ जारी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !