कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन दिउँसो ३:३० बाट

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन दिउँसो ३:३० बाट

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन: मतदान गराउने व्यवस्थाअनुसार निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार मंगलबार दिउँसो ३: ३० बजेदेखि निर्वाचन सुरु हुनेछ। निर्वाचन साँझ ७:३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए।

खसेको मतमध्ये ७६ मत वदर भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.