काङ्ग्रेस एकतावद्ध भएर फर्कियोस् : रामचन्‍द्र पौडेल

काङ्ग्रेस एकतावद्ध भएर फर्कियोस् : रामचन्‍द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान अन्तरात्मादेखि गर्न मतदाताहरुलाई आग्रह गरेका छन्।  सभापति पदमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि नेता पौडेलले यस्तो सुझाब दिएका हुन्।

नेता पौडेलले कांग्रेस एकतावद्ध भएर फर्कियोस् भन्दै मतदान गर्न अन्तरआत्मादेखि गर्न मतदाताहरुलाई आग्रह समेत गरे। उनले भने,' मतदान अन्तरआत्मादेखि गर्ने हो। कांग्रेस एकतावद्ध भएर फर्कियोसस्।'

उनले पार्टीभित्र सदभाव कायम गर्न चियापान आयोजना गरेको बताए।

कांग्रेसको नयाँ नेतृत्वय चयनका लागि भएको निर्वाचनमा सभापतिमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन् भने शेखर कोइरालाले १७ सय २९ मत प्राप्त गरे। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २४९, कल्याण गुरुङले २० मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। सोहीअनुरुप अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि पुन: निर्वाचन हुनेछ।
 
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका थिए। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।यसैबीच सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन आफूले जित्ने दाबी गरेका छन्। रामचन्द्र पौडेलको चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा हुने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.