विश्व प्रकाशले पनि देउवालाई समर्थन गर्ने

विश्व प्रकाशले पनि देउवालाई समर्थन गर्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सहयोग गर्ने बताएका छन्। प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने जनाएलगत्तै नेता शर्माले पनि सभापतिका प्रत्यासी देउवालाई सहयोग गर्ने प्रष्ट पारेका हुन्।

नेता शर्माले ट्वीट गर्दै भनेका छन्,' 'सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु - नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ। पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो।'

कांग्रेसको नयाँ नेतृत्वय चयनका लागि भएको निर्वाचनमा सभापतिमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन् भने शेखर कोइरालाले १७ सय २९ मत प्राप्त गरे। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २४९, कल्याण गुरुङले २० मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। सोहीअनुरुप अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि पुन: निर्वाचन हुनेछ।
 
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाले उम्मेदवारी दिएका थिए। सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.