पश्चिमी वायुको प्रभाव : हिमपात र वर्षा हुने, सचेत रहन मौसमविद्को आग्रह

पश्चिमी वायुको प्रभाव : हिमपात र वर्षा हुने, सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं : नेपालमा पश्चिमी वायुको प्रभावले हिउँदे वर्षा हुन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको बुलेटिन अनुसार उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात र वर्षा हुने सम्भावना रहेको छ। 

महाशाखाका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने सम्भावना छ। हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात, दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्।

बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। राती सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने छ।  प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

शनिबारसम्म यो प्रणाली देशभर फैलिएर विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। आइतबा देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.