एमसीसी पास गर्न ओलीसँग देउवाको लबिङ, तर प्रचण्डले भने- एमसीसी चुनावपछि सारौं

एमसीसी पास गर्न ओलीसँग देउवाको लबिङ, तर प्रचण्डले भने- एमसीसी चुनावपछि सारौं

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका केन्द्रीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ता सकिएको छ। बालुवाटारमा आइतबार भएको बैठकमा एमसीसी र स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको हो। छलफलमा प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना एमसीसी जसरी पनि पास गर्नुपर्ने भएकाले प्रचण्ड र ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए।

माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीलाई चुनावपछि मात्रै संसदमा लैजान प्रस्ताव गर्नुपर्ने अडान राखेका थिए। एमाले महासचिव शं‌कर पोखरेलले सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले देउवा र ओली समक्ष एमसीसीलाई चुनावपछि मात्रै संसदमा लैजान प्रस्ताव गरेको बताए। 

प्रचण्डले संसदको गतिरोध अन्त्य गर्नसमेत एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको महासचिव पोखरेलले बताए। एमाले अध्यक्ष ओलीले एमसीसीबारे सरकार स्पष्टरुपमा आउनुपर्ने बताएका थिए। उनले सरकार नै स्पष्ट नभएसम्म आफूहरुले केही गर्न नसक्ने बताएका थिए।

त्यस्तै अध्यक्ष ओलीले आफूहरु पनि संसदको छलफलमा सहभागी हुन तयार रहेको बताएका थिए। त्यसका लागि सरकारले नै वातावरण मिलाउनुपर्ने उनको भनाइ थियो। 'हामी संसदको छलफलमा भाग लिन चाहन्छौं। तर वतावारण मिलाइदिने काम सत्तापक्षको हो। उहाँहरुले त्यो भूमिका पूरा गर्नुभएको छैन,' महासचिव पोखरेलले भने, 'हाम्रो उपस्थिति महत्वपूर्ण छ जस्तो लाग्छ भने हाम्रा मागहरु पूरा हुनुपर्छ। गैरसांसदहरुको उपस्थित संसदीय प्रणालीको लागि राम्रो होइन।'

उनले आफ्ना मागहरु पूरा नभएसम्म संसद गतिरोध कायमै रहने बताएका थिए। कि त त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो। त्यस्तै स्थानीय तहको निर्वाचन समयमै गर्न एमालेले सरकारलाई सुझाव दिएको थियो। त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको महासचिव पोखरेलले बताए। 

एमालेले २४ लाख कोभिड भ्याक्सिन अपचलनको कुरामा पनि सरकारलाई गम्भीर ध्यानार्षण गराएको पोखरेलले बताए। त्यस्तै मधेस प्रदेशमा विभागीय मन्त्री रेनु कुमारी यादवले दिएको हिंसासम्बन्धी अभिव्यक्तिमा कुनै कारबाही नभएको भन्दै सरकारको ध्यनाकर्षण गराएको पोखरेलले बताए। उनले आजको सम्वाद सकारात्म रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.