कांग्रेस कार्यसम्पादन बैठकमा एमसीसीबारे गम्भीर बहस

कांग्रेस कार्यसम्पादन बैठकमा एमसीसीबारे गम्भीर बहस

काठमाडौं: नेपाली कांग्रेसको कार्यसम्पादन बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल भएको छ। छलफलमा नेता रामशरण महतले एमसीसीबारे आफ्नो धारणा राखेका थिए।

उनले एमसीसी नेपाली जनताको हितमा भएको बताएका छन्। उनले भौतिक पूर्वाधारको क्षेत्रमा विशेषत विद्युत प्रसारण लाइन र सडकका लागि एमसीसी उपयुक्त भएको बताए। 'एमसीसी परियोजना नेपालका लागि धेरै राम्रो ड्राफ्ट हो। एमसीसी पास गराउन नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिका खेल्नुपर्छ। जनतामा कुनै खालको असहमति वा असमझदारी छन् भने त्यसलाई कांग्रेसले जागृत पार्नुपर्छ,' बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले सञ्चारकर्मीसँग भने।

बैठकमा स्थानीय निर्वाचन र भातृसंस्थाहरुबारे छलफल भएको उनले बताए। उनले स्थानीय निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने प्रस्ताव गरेको बताए। त्यस्तै भातृसंस्थाको हकमा केहीको चुनावअघि र केहीको चुनावपछि अधिवेशन गराउने छलफल भएको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.