संसदीय दलको बैठक लगत्तै प्रचण्ड बालुवाटारमा
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। बुधबार बिहान माओवादी केन्द्रको सर्वदलीय बैठक सके लगत्तै प्रचण्ड बालुवाटार प्रवेश गरेका छन्।
संसदीय दलको बैठकमा प्रचण्डले प्रधानमन्त्री भेटेर आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न नसकिने जानकारी गराउने बताएका थिए। उनले बैठकमा सांसदलाई भने, 'गठबन्धनभित्रका दलबीच सहमति हुन सकेको छैन। एमालेले सदन अवरुद्ध गरिरहेको छ। यथास्थितिमा एमसीसी अगाडि बढाउन सकिदैन।'
प्रतिक्रिया दिनुहोस !