प्रतिनिधिसभा बैठकमा आज एमसीसी टेबल नहुने, भोलि गठबन्धन बसेर टुङ्ग्याइने

प्रतिनिधिसभा बैठकमा आज एमसीसी टेबल नहुने, भोलि गठबन्धन बसेर टुङ्ग्याइने

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि एमसीसी टेबल नगर्ने सहमति भएको हो। 

संसदीय बैठक सकेलगत्तै प्रचण्ड बालुवाटार पुगेर देउवालाई संसदमा आज एमसीसी टेबल गर्न नसकिने पार्टीको अडान रहेको जानकारी गराएका थिए। उनले दलहरुबीच राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने बैठकको निष्कर्ष देउवालाई सुनाएका थिए।

उनीहरुबीच बिहीबार सत्ता गठबन्धनको बैठक तीन बजे बसेर एमसीसीमा सहमति जुटाउने प्रयास गरिने सहमति भएको छ।

संसदीय दलको बैठक पश्चात माओवादी केन्द्रले संसदमा एमसीसी प्रक्रिया जबरजस्ती अगाडि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ। प्रमुख सचेतक देवप्रसाद गुरुङले भने ‘गठबन्धनको निर्णयबिना सरकार आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ।’

बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.